२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवल उपमहानगरको ६६ औं स्थापना दिवसमा फुटबल : राजनीतिकदल बिरुद्ध जनप्रतिनिधिको ५ गोल



बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको अवसरमा आईतबार संचालन गरिएको राजनितिक दल र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा बिपि कोईराला मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०८१ मा राजनितिक दलको टिमलाई ५–० गोल अन्तरले जनप्रतिनिधि टिमले पराजित गर्दै जित हात पारेको हो ।

सिद्धेश्वर लालकुमारी खेलमैदानमा भएको निक्कै रोमान्चक प्रतिस्प्रर्धात्मक खेलमा पेनाल्टी शुटमार्फत जनप्रतिनिधिका खेलराज पाण्डेयले जाली चुमाउदै टिमको खाता खोले । डिबक्सभित्र राजनीतिक दलको खेलाडीले गरेको ह्याण्डमा पाएको पेनाल्टीलाई पाण्डेयले गोल गरेर सदुपयोग गरेका थिए । यसपछि खेलमा लथाचार जनप्रतिनिधि हाबी रहेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किन लागेको भएपनि राजनीतिक दलबाट एउटै गोल हुन सकेन । जनप्रतिनिधिको टिमका श्याम थापा, सन्दिप खनाल, गौतम लाल शाक्य र पाचौ गोल शिव रानाले गरे । योसंग जनप्रतिनिधिको टिम ५-० को फराकिलो अन्तरले विजयी भएको छ ।

कार्यक्रमको रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई आत्मसात गर्न प्रोत्साहन हुने गरि स्थापना दिवसमा फुटबल खेल खेलाईएको बताए । कम्तीमा हरेक ब्यक्ति एउटा खेलमा आवद्ध हुन सके मानसिक र शारीरिक रुपमा स्वास्थ्य रहन सकिने उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ३२ बजे

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको