२८ माघ २०८२, बुधबार | February 11, 2026

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता



नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४० र माघको २७ गतेसम्ममा ३१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए । गत वर्ष सो कार्यालयले कूल उजुरीको ८३ दशमल ८३ प्रतिशत फर्छ्यौट गरेको थियो । नेपालगन्ज कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाबचन्द्र मौर्यलाई पुरस्कृत गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ३६ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा