२० मंसिर २०८२, शनिबार | December 6, 2025

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छिन् । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लागेकी हुन् । उनले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime Partnership) मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् ।

साथै मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने (Amplifying the Voice of Global South) सम्बन्धी सत्रलाई सम्बोधन गर्नेछिन् ।

यस भ्रमणका क्रममा मन्त्री डा राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । यस भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी)मा आबद्ध राष्ट्रहरुमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

उनी यही फेब्रुअरी २० मा स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल