२९ चैत्र २०८२, आइतबार | April 12, 2026

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनमा भागदौड; १८ जनाको मृत्यु, कैयौं घाइते



नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । घटनामा कैयौं मानिस घाइते भएका छन् ।

शनिवार राति भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । लोक नायक जयप्रकाश (एलएनजेपी) अस्पतालका प्रमुख आकस्मिक चिकित्सा अधिकृतका अनुसार अन्य ११ जना घाइते भएका छन्।

दिल्ली दमकल सेवा प्रमुख अतुल गर्गका अनुसार भागदौडको कारण अझै स्पष्ट छैन। तर प्रारम्भिक रिपोर्टहरूअनुसार प्रयागराजका लागि जाने दुईवटा रेल रद्द गरिएका कारण दुईवटा प्लेटफर्ममा अत्यधिक भीडभाड र अफरातफरीको स्थिति सिर्जना भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेल्वे स्टेशनमा भागदौडमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रक्षामन्त्री राजनाथ सिंहले पनि घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

गृहमन्त्री अमित शाहले घटनाबारे रेल मन्त्री अश्विनी वैष्णव र अन्य अधिकारीहरूसँग छलफल गरेको बताएका छन्। उनले भने, ‘दिल्लीका उपराज्यपाल र प्रहरी प्रमुखसँग कुरा गरेर प्रभावितलाई आवश्यक सहायता पुर्‍याउन निर्देशन दिइएको छ। मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ।’

घटनाका प्रत्यक्षदर्शी मनोरञ्जन झाले भने, ‘म राति ९:५ बजे स्टेशनमा पुगेको थिएँ। त्यतिबेला त्यहाँ ठूलो भीड थियो। मेरी आमा झण्डै भीडमा कुल्चिनै लागेकी थिइन तर हामी जोगियौँ।’ बाहिर निस्किने बाटोबाटै मानिसहरू प्रवेश गरिरहेका थिए। एक ट्रेन गएपछि स्थिति झन् बिग्रियो। हाम्रै अगाडि एक वृद्ध महिला बेहोश भइन्।’

अर्की प्रत्यक्षदर्शी रूबी देवीले भनिन्, ‘हामी १३ नम्बर प्लेटफर्ममा थियौँ। त्यहाँ यति धेरै भीड थियो कि हामी भित्र पस्नै सकिनौँ। भागदौडको स्थिति थियो, तर हामी जोगियौँ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ४५ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ