२० मंसिर २०८२, शनिबार | December 6, 2025

लखन कप नकआउट फुटबल : उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने



बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि देवदह ब्याईज क्लब र आयोजक लखन ब्रदर्श बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सोमबार भएको खेलमा सियारी गाउपालिकालाई ६-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि दाबेदारी पेश गरेको हो ।

फाईनल खेल बुधबार हुने छ । सिद्धेश्वर खेलमैदानमा देवदहको जितमा सुरज थारु नायक रहे । उनले खेलमा आफनो ह्याट्रिक गरे । यसैगरि मनिष थारुले दुई तथा निर थापाले एक गोल गरे । सियारीका गणेश हमालले खेलमा सान्त्वना गोल गरे । खेलमा सुरज थारु म्यान अफ दी म्याच आले घोषित भए ।

फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : ३८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति