२९ मंसिर २०८२, सोमबार | December 15, 2025

देउवाको भारत भ्रमण अचानक स्थगित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा युपीका मुख्यमन्त्री योगी आदित्य नाथ पनि सहभागी हुने बताइएको थियो ।

पूर्वप्रधानमन्त्री देउवा बिहीबार भारत जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । देउवाले बिहीबार बिहान आफ्नो भारत भ्रमण अचानक स्थगित गरेका हुन् । उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तय भएको थियो ।

परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमती डा।आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको जानकारीमा आएको बताए ।

स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । दिल्लीमा आजै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तय भएको छ । वेटिङ प्राइममिनिस्टरका रूपमा हेरिएका देउवा दिल्लीसँग सम्बन्ध सुधार गर्न चाहन्थे ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १ : ३२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती