२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाई



पनामा । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन । जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने । यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको छ । यसैबीच केही तस्विरहरु बाहिर आएका छन्, जसले भावुक बनाउँछ ।

समाचार अनुसार पनामाको एउटा होटलमा करिब ३०० जना आप्रावासीलाई राखिएको छ । यी तस्बिरहरू ती व्यक्तिका हुन्, जसको हातमा ‘हामीलाई मद्धत गर्नुहोस्’ लेखिएको कागज देखिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ । होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा होटल भित्र मानिसहरु सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता ब्यानर देखिएको छ ।

यसबारे अधिकारीहरूले हिरासतमा रहेका आप्रवासीमध्ये ४० प्रतिशत अझै पनि आफ्नो देश फर्कन तयार नभएको बताएका छन् । अमेरिकी सरकारले उनीहरुलाई फिर्ता नगए सम्म उनीहरुलाई होटलमा राख्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार यी ३०० आप्रवासीमध्ये धेरैजसो भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू रहेका छन् ।

अमेरिकाले यी मध्ये केही देशबाट निर्वासन प्रक्रियामा केही समस्याहरू सामना गरिरहेको छ । यी मानिसहरू सबै समस्या समाधान नभएसम्म यस होटलमा बस्नेछन् । पनामाका सुरक्षा मन्त्री फ्रान्क एब्रेगोका अनुसार यस विषयमा बाहिर आएको छ । जसमा उनले यी मानिसहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित नगरिएको बरु आफ्नै सुरक्षाका लागि हिरासतमा लिएको बताएका छन् । एब्रेगोले आप्रवासन सम्झौता अन्तर्गत सबैलाई उचित चिकित्सा सहायता र खाना र पानी उपलब्ध गराइएको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : १६ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज