१४ पुस २०८२, सोमबार | December 29, 2025

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर



भक्तपुर । सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका-४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सूर्यविनायक नगरपालिका-९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका-११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : ४१ बजे

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची