१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन् ।

वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सहभागी भई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्नुपर्नेमा जोड दिए ।

उनले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने आफ्नो चाहना रहेकाले त्यसमा सामुदायीक शिक्षको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने उल्लेख गरे । उनले जेन्जी आन्दोलनपछिको यो अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए। संकटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा रहेको उनको भनाइ थियो।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेन्जी आन्दोलन’ उल्लेख गर्दै युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए। “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन्जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ । नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको छ” उनले भने ।

उनले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकोमा युवाहरूलाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे। युवाहरुलाई आग्रह गर्दै संयोजक प्रचण्डले भने, “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : १९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित