२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जी.पी. कोइरालाको स्मृतिमा बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु



बुटवल । जी पी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सिद्धेश्वरी माविको खेल मैदानमा सुरु भएको यो प्रतियोगिताको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले छात्रा भलिबल प्रतियोगीताको लागि नगरपालिकाले लामो समय देखि काम गर्दै आएको बताए । विकास निर्माणमा बुटवल उपमहानगरपालिकाले फड्को मारेको भन्दै उनले यसको लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए ।

कतिपय पार्टी भित्रबाट नै राम्रा कामको समेत विरोध भएको भन्दै उनले विरोधको लागि विरोध गर्ने पारिपार्टी बन्द गरी गुण र दोषको आधारमा सर्मथन र विरोध गर्न आवश्यक रहेको बताएका थिए ।

सामुदायिक तथा संस्थागत १६ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीतामा उद्घाटन खेल नविन औद्योगीक मावि र नयाँ गाउँ माविका बिचमा भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार सान्तवना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी र अनुशासित खेलाडीलाई समेत नगद १ हजार ५ सय सहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतियोगिता शुभारम्भ कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, काजिमान श्रेष्ठ सहितका नेताहरुले शुभकामना राखेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : १५ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न