३ पुस २०८२, बिहिबार | December 18, 2025

दूधकोशी आयोजना प्रमुखलाई जिम्मेवारीबाट हटाउन ऊर्जामन्त्रीको दबाब



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ ।

ऊर्जामन्त्री खड्काका बारेमा सामाजिक सञ्जालमा स्टाटस लेखेपछि फागुन ८ गते नै सचिवस्तरीय बैठकको निर्णयबाट गुरुङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । तर हालसम्म पनि सो निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका छन्।

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ०० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका