१५ चैत्र २०८२, आइतबार | March 30, 2026

दूधकोशी आयोजना प्रमुखलाई जिम्मेवारीबाट हटाउन ऊर्जामन्त्रीको दबाब



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ ।

ऊर्जामन्त्री खड्काका बारेमा सामाजिक सञ्जालमा स्टाटस लेखेपछि फागुन ८ गते नै सचिवस्तरीय बैठकको निर्णयबाट गुरुङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । तर हालसम्म पनि सो निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका छन्।

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ०० बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा