२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जी पी कोइराला रनिङशिल्ड महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंहलाई



बुटवल । जी पी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेको छ । जीपी कोइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको आइतबार भएको फाईनल खेलमा न्यू नमुना बोर्डिङ स्कुल देवदहलाई रोक्दै उजिरसिंहले उपाधि हात पारेको हो ।

उजिरसिंहले उपाधिसंगै रनिङ शिल्ड, शिल्ड र मेडल सहित २५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा समेटिएको न्यू नमुना बोर्डिङले शिल्ड, मेडल र प्रमाणपत्र सहित २० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तिलोत्तमाको शान्ति नमुना तृतीय र बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस सान्त्वना भए । उनीहरुलाई क्रमश: १५ हजार र १० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि उजिरसिंहकी पुजा सेन ठकुरी र अनुशासित खेलाडि न्यू नमुनाकी सिर्जना सारु मगरलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगितामा यस क्षेत्रका सामुदायिक र संस्थागत गरि १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा प्रतिष्ठानका सदस्य बाबुराम विकले जनकारी गराए ।

प्रतियोगितामा विद्यालयहरुको सहभागिता बढाउनको लागि सामुदायिक र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर प्रतिस्पर्धा गराईएको प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न