१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी



काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।

पहिलो हाफमा खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेलको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । उनले खेललाई १–१ गोलको अवस्थामा पुर्याइन् ।

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ०४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले