९ पुस २०८२, बुधबार | December 24, 2025

कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । उनले नतिर्नेहरुको लाइन जोड्न सरकारले आदेश दिएको भन्दै महशुस तिर्नेहरुको नै लाईन काटिएको टिप्पणी गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : २८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना