१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।
विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो ।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत सो अभ्यासमा समावेश गरिएको थियो ।
प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गर्नु थियो ।
उहाँले भन्नुभयो, “यस्ता अभ्यासले ठूलोस्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, ‘फिल्ड’ अस्पतालको एकीकरण र रोग प्रकोपको दौरानमा निरन्तर उपचार सुनिश्चित गर्ने विषयमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरू उजागर ग¥यो । ”
यसैबीच प्रवक्ता डा बुढाथोकीसहित नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्वस्वास्थ्य सङ्गठनका डा एलिसन गोकोटोनो प्रतिनिधिको टोलीले सुदूरपश्चिम प्रदेश, धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा गतिविधिका बारेमा जानकारी लिएको छ ।
सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पु¥याएबापत सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : २९ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले