८ पुस २०८२, मंगलबार | December 24, 2025

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै हो : प्रचण्ड



सुनसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन प्रचण्डले यस्तो बताएका हुन् ।

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन संभव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए ।

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्बो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए ।

उनले सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिंदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।

हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले सिमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रती गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १ : ५८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना