६ असार २०८२, शुक्रबार | June 20, 2025

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान



बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ।

सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना दिँदै नगरपालिकाका आवश्यकताबारे उल्लेख गरिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाबारे धारणा राख्दै पूर्वप्रधानमन्त्रीबाट आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि विभिन्न स्वागत तथा जनभेटघाट कार्यक्रमहरूमा प्राप्त जनसहभागिता उत्साहजनक रहेको बताए ।

उनले आफूले प्रस्तावित गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लामा सबैभन्दा बढी दुरी रहेको उल्लेख गर्दै, माओवादी केन्द्र सरकार मा हुँदा पहाड क्षेत्रमा पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले बागलुङको विकास आवश्यकता अनुसार नगरपालिका र जिल्लाले अघि सारेका योजनाहरूमा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १२ : ४७ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२