८ पुस २०८२, मंगलबार | December 24, 2025

नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार



काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र सरकारका पूर्व महान्यायाधिवक्तासमेत हुन् ।

त्यसैगरी, उपाध्यक्षमा प्रदेश नं. १ बाट अधिवक्ता दर्शनबहादुर राई (दर्शन कर्ण), मधेश प्रदेशबाट अधिवक्ता मन्सुर मिया, कर्णालीबाट वरिष्ठ अधिवक्ता बिद्याभूषण मानन्धर, बागमतीबाट अधिवक्ता गुणराज घिमिरे, अधिवक्ता कृष्ण ढुंगाना, वरिष्ठ अधिवक्ता भीमबहादुर गुरुङ, गण्डकी प्रदेशबाट केशव प्रसाद पराजुली, सुदुरपश्चिमबाट अधिवक्ता निरन्जन विष्ट,अधिवक्ता यज्ञराज जोशीले दाबी गरेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा अधिवक्ता गोपी भण्डारी, अधिवक्ता उमेश प्रसाद साह, अधिवक्ता मन कुमार राइ, अधिवक्ता राधेश्याम चौधरी, अधिवक्ता सुलोचना बज्रचार्य, अधिवक्ता बिकास त्वजु, अधिवक्ता बिरेन्द्र खडका, अधिवक्ता भविश्वर पौडेल र अधिवक्ता प्रेमबहादुर थोकरले दाबी गरेका छन् ।

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । आरपीएलएएनले चुनावमा वामपन्थीहरुसँग सहकार्यको ढोका भने खुला रहेको बताएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ३४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना