१ चैत्र २०८२, आइतबार | March 16, 2026

ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच तिक्ततापूर्ण चर्काचर्की

ह्वाइटहाउसको चेतावनी - 'शान्तिका लागि तयार भएमात्र जेलेन्स्की फर्किन सक्छन्'



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उनका युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्कीबीच तिक्ततापूर्ण बहस भएको छ ।

राष्ट्रपति ट्रम्पसँग सुरक्षा ग्यारेन्टीको अपेक्षासहित ह्वाटइहाउस पुगेका जेलेन्स्की र युक्रेनको प्राकृतिक स्रोतमा पहुँच खोजेका ट्रम्पबीच कुरा नमिल्दा दुई नेताबीचको वार्ता तिक्ततापूर्ण भएको हो ।

वार्ता असफल भएपछि अमेरिकी अधिकारीहरुले समयभन्दा अघि नै युक्रेनी प्रतिनिधिमण्डललाई ह्वाइटहाउस छोड्न भनेका छन् । वार्ता असफल भएपछि संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्ससँगको बैठक सुरु भएको केही बेरमै तनावपूर्ण झगडामा परिणत भएको थियो ।

संचारमाध्यमलाई समेत पुहँच दिइएको सो बैठकमा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई कृतघ्न भएको र युक्रेन द्वन्द्व अन्त्य गर्न वार्ता गर्न अनिच्छुक भएको आरोप लगाए।

तनावपूर्ण बैठककै बीचमा ट्रम्पले जेलेन्स्कीलाई रूससँग शान्तिवार्ता गर्नुपर्ने बताएका थिए । त्यसपछि जेलेन्स्कीले अडान लिँदै अमेरिकी सहयोग निरन्तर जारी रहनुपर्ने माग गरे। ट्रम्पले युद्धविराम गरेर आफ्ना नागरिकलाई मर्नबाट जोगाउन र संकटपूर्ण अवस्थामा पुगेको देशलाई शान्तिको मार्गमा लैजान आग्रह गरेका थिए । तर जेलन्स्कीले रुसी राष्ट्रपति पुटिन अतिक्रमणकारी भएको जिकिर गर्दै विना सुरक्षा ग्यारेन्टी युद्धबिराम हुन नसक्ने प्रष्ट पारे ।

युक्रेनका दुर्लभ प्राकृतिक खनिज स्रोतहरूसँग सम्बन्धित सम्झौताको बदलामा जेलेन्स्की अमेरिकाबाट सुरक्षा ग्यारेन्टी चाहेका थिए । तर सो ग्यारेन्टी दिन ट्रम्पले अस्वीकार गरे ।

बुधबार मात्र युक्रेनी सरकारले दुर्लभ खनिज सम्झौतामाथि समीक्षा गर्दै राष्ट्रपति जेलेन्स्कीलाई हस्ताक्षरका लागि स्वीकृति दिएको थियो । तर शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण भेटपछि सम्झौता अनिश्चित अवस्थामा पुगेको छ।

उपराष्ट्रपति भ्यान्सले ट्रम्पको भनाइ दोहोर्‍याउँदै जेलेन्स्कीले अमेरिका प्रति पर्याप्त सम्मान र आभार देखाउन नसकेको आरोप लगाए।

फक्स न्यूजले ह्वाइट हाउसका एक अज्ञात कर्मचारीलाई उद्धृत गर्दै भनेको छ, युक्रेनी प्रतिनिधिमण्डलले भेट पुनः सेट गर्न आग्रह गरिरहेका थिए, तर विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जेलेन्स्कीलाई ह्वाइट हाउसको क्षेत्र छोड्न निर्देशन दिए । ती कर्मचारीले भनिन्, ‘जब उनी शान्तिका लागि तयार हुन्छन्, तब मात्र फर्कन सक्छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ०४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन