४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाव



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार अनुरोधपत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो ।

अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा पदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा अध्यक्ष शेषकान्त बेलबासेले बताए । अनुरोधपत्र बुझ्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाब मनन्योग्य रहेकाले आवश्यक अध्ययन गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको निर्माणाधिन भवन निर्माण तथा यसको डिपिआरमा समेत पश्चिमतर्फ गेट निर्माण गर्ने उल्लेख गरिएको भएपनि प्रयाप्त ठाउँ नहुँदा अहिलेनै उक्त व्यवस्था नगरिएको बताए । आवश्यक अध्ययन गरि द्वार निर्माण गरिने प्रतिवद्धता गरे । साथै उनले अस्पतालका सबै सकारात्मक कामहरुको बारेमा सबै जनतालाई जानकारी दिन र सुधार गर्नुपर्ने विषयहरु अस्पताल समितिमा आएर सुझा दिएमा आवश्यक सुधारका लागि आफू सधै तयार रहने उल्लेख गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले प्राप्त सुझाब अनुसार सुधारका लागि तयार रहेको बताउँदै प्रवेशद्वार निर्माण गर्ने सवालमा छिट्टै प्रक्रिया अगाडि बढाउने  प्रतिवद्धता गरे ।

सुझाव प्रस्तुत गर्दै एमाले प्रदेश कमिटी सदस्य माधव नेपालले प्रादेशिक अस्पतालले स्वास्थ्य उपचार तथा बिस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गएको बताउँदै प्रवेशद्वार थप गरी सेवालाई अझ बढी सहज बनाउन सकिने उल्लेख गरे । यसैगरी प्रदेश कमिटी सदस्य बिमला श्रेष्ठ, एमाले रुपन्देहीका सहसचिव बाबुराम पन्थी, क्षेत्रीय कमिटी सदस्य ऋषि पाण्डे, बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल तथा वडा नम्बर ९ का कमिटी अध्यक्ष शेषकान्त बेलबासेले भिड व्यवस्थापन र सेवा सहज बनाउन प्रवेशद्वार थप गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ०९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ