२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’



काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा दिइएका सुझावको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

महालेखापरीक्षकको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन गर्न सबै पक्ष सजग हुनुपर्ने बताए ।

महालेखापरीक्षक रायाले भने, “लेखापरीक्षण सशक्त हुनैपर्छ, कानुनअनुसार चल्नैपर्छ, कार्यालयले दिएको सुझाव कार्यान्वयन हुनैपर्छ ।” उनले पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा स्थानीय तहमा बेरुजु घट्दो क्रममा रहेको बताए । “तर प्रतिशतमा हेर्दा सङ्घको तुलनामा बेरुजु बढेको छ”, उनले भने ।

सुरुका वर्षहरुमा ऐन, कार्यविधि, कार्यालय नभएको तथा नयाँ लेखापरीक्षकलाई आर्थिक विषयमा पर्याप्त ज्ञान नहुँदा बेरुजु बढी देखिएको जानकारी दिँदै महालेखापरीक्षक रायाले भने, “ती संस्थाहरु पनि नयाँ थिए, विस्तारै बेरुजु घट्दै छ । सुरुआती वर्षमा बेरुजुको अनुपात बढी देखिएको हो, तर स्थानीय तहमा बेरुजु बढेको चाँही होइन ।”

नेपालको संविधान र लेखापरीक्षण ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय तथा पूर्णस्वामित्व भएको सङ्गठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

गत वर्ष महालेखापरीक्षकको कार्यालयले सङ्घीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत रु ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण सम्पन्न गरेको थियो । महालेखाले सरकारी निकायको लेखापरीक्षणबाट रु ९५ अर्ब ६० करोड बेरुजु औँल्याएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ५ : ५६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले