२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मुख्यमन्त्री कोहलपुर गोल्डकप : राइजिङ स्टार फाइनलमा प्रवेश



कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ ।

पहिलो हाफको १९ औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए । निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा राइजिङ स्टार ५–४ ले विजयी बनेको हो ।

खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । उनलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल फागुन २४ गते हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि जारी प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका संयोजक कर्ण बस्नेतले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १० : ५० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन