१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

भीमसेनको लिङ्ग प्रदर्शनसँगै भक्तपुरमा होली सुरु


२३ फाल्गुन २०८१, शुक्रबार  

117
Shares

भादगाउँ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ ।

फागु पर्वको सुरुआत भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे)सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिइन्छ ।

चीर स्वायगु भनेर काठमाडौँको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीबिरङ्गी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याइएर फागु पर्व सुरु भएको जनाउ दिने गर्दछ भने भक्तपुरमा भने तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ । भक्तपुरवासीले सो काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडालाई द्रौपदीको योनीका रुपमा लिन्छन् । मन्दिरभित्र रहने सो लिङ्गलाई फागु पर्वका अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले जानकारी दिए ।

“पहिला पहिला लिङ्गको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रुपमा यसरी प्रदर्शनमा ल्याएको हो”, संस्कृतीकर्मी राजोपाध्यायले भने। वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइन्छ । यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको उहाँको भनाइ रहेको छ ।

चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनका रुपमा लिनुपर्ने राजोपाध्याय बताउँछन् । “महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रुप हो । त्यस मानेमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतीकका रुपमा पनि लिन सकिन्छ,” उनले भने, “काठमाडौँमा विभिन्न रङ्गीन कपडाहरुसहित चीर ठड्याउँछ जुन यसैसँग मिल्छ र गोप्य छ तर भक्तपुरमा भने खुल्ला रुपले प्रदर्शन गरिन्छ ।”

लिङ्गलाई प्रदर्शनमा राखिनुअघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा परिक्रमा गर्ने परम्परा छ । घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । त्यसैले पाटीमा प्रदर्शनमा राखिएको लिङ्गको दर्शनका लागि फागु पूर्णिमासम्म भक्तजनको घुइँचोसमेत लाग्ने गर्दछ ।

फागुपूर्णिमाको दिन साँझपख सो लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिलाई पुत्र लाभ हुन्छ भन्ने जनश्रुति रहेको पाइन्छ ।

लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला परेको पाइएको छैन । यद्यपि भीमसेन मन्दिर राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको इतिहास पाइएकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ११ : २९ बजे

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४