१५ पुस २०८२, मंगलबार | December 30, 2025

पूर्वराजालाई अध्यक्ष प्रचण्डको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ



रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट पारे ।

आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष प्रचण्डले भने, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।”

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

अध्यक्ष प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई-मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ४४ बजे

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र