१३ भदौ २०८३, शनिबार | August 30, 2026

देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो : संयोजक प्रचण्ड



गोरखा । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताएका छन् । माओवादी केन्द्रको गोरखा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अब ती मुद्दा पूरा गर्न माओवादी केन्द्रको पहल र जोड हुने बताए ।

“जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।” उनले भने ।

उनले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति माओवादी केन्द्रले पनि समर्थन जनाएको स्पष्ट पारे । उनले माओवादीको मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने रहेको पनि बताए। जेन–जि आन्दोलनलाई माओवादीको उत्तराधिकारी भएको दाबी गर्दै प्रचण्डले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध माओवादी निरन्तर लडिरहेको बताए ।

संयोजक प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै भने, “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”

त्यस्तै उनले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गरे । “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।” उनले भने ।

“अब जेन–जि युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ।” प्रचण्डले थपे ।

माओवादीको केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको उल्लेख गर्दै उनले विचार मिल्नेहरूसँग एकता गरिने र तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिने जनाए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : ४० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ