१ बैशाख २०८३, मंगलबार | April 14, 2026

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

धमाधम प्रतियोगिताको नतिजा आउँदै, खस्यौली रोधी घर बन्यो दोहोरी च्याम्पियन



बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ ।

पुस ३ गतेदेखि संचालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा उसले उपाधि जितेर ८८ हजार ८ सय ८८ रुपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । त्यसैगरी दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवना दोहोरी गीत प्रतिष्ठान रुपन्देही भएको उनले जानकारी दिए ।

दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैयाँ रकम हात पारेका छन् । त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पन्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान सुनवल, तेस्रोमा जनकल्याणकारी भजनकृतन समूह शुद्धोधन २ हिरापुर र देवदह भजनकृतन समूह् रुपन्देही तथा सान्तवनातर्फ संगम प्रगति भजन समुह सैनामैना, कालमोचन शिवालय रामापुर सैनामैना, राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बुटवल, दुर्गा पन्चायन मन्दिर भजन समूह कोटिहवा तिलोत्तमा, सिद्देश्वर शिवालय मन्दिर बुटवल ७ भएको संयोजक बस्यालले जानकारी दिए ।

त्यसैगरी विद्यालयस्तरीय लोकनृत्यमा लुम्बिनी बोर्डिङ प्रथम, तिनाउ बोर्डिङ दोस्रो र अक्सफोर्ड बोर्डिङ तेस्रो भएका छन् । प्रदर्शनी आइडियलको भने बुधबार मात्रै टुंगो लाग्ने छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको बस्यालले जानकारी दिए ।

संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा मंगलबार बिदाको अन्तिम दिन भएकाले बिहानैबाट थेगिनसक्नु भीड बढेको बताए । सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा अवलोकनसँगै कारोबार पनि उस्तै बढेको छ । उनले अन्य स्टलमा भन्दा महिला उद्यमीको स्टलमा धेरै भीड लागेको बताइन् । घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिएको महासचिव सुमन बस्यालले बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले मंगलबार बिहानैदेखिको शीतलहरको समस्या भएपनि निकै ठूलो संख्यामा अवलोकनकर्ताको भीड लागेको जानकारी दिए ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरुमा ३९ जिल्लाबाट सहभागिता रहेको र यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको कोषाध्यक्ष विशाल वेलबासे जानकारी दिए । प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सन्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : ०७ बजे

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा