२० मंसिर २०८२, शनिबार | December 7, 2025

धनगढीमा यतीको परीक्षण उडान



धनगढी । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।

यती एअरलाइन्सको ९एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो।

दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।

परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए। उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका थिए।

यती एअरलाइन्सले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल