४ पुस २०८२, शुक्रबार | December 20, 2025

मानवसेवा आश्रमको बाँकेमा अत्याधुनिक सेवा आश्रम बन्ने



नेपालगन्ज । सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल बनेको मानवसेवा आश्रमले बाँकेमा आश्रितहरुका लागि आफ्नै भवन बनाउने भएको छ । मानव सेवा आश्रमले बाँकेको डुडुवा–६ असमानपुरमा पाँच करोडको लागतमा अत्याधुनिक दुई तले सेवा आश्रम भवन निर्माण गर्न लागेको हो । आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले भवनको विधिवत शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले मानवीय सहयोगार्थ निर्मित आश्रय भवन निर्माणमा प्रदेश सरकार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भवन निर्माण कार्य अघि बढाइए संगै दाताहरु पनि जुट्दै जाने विश्वास व्यक्त गरे । मानव सेवा आश्रमको सेवा कार्य उत्कृष्ट रहेको भन्दै उनले मानव सेवा नै उत्कृष्ठ धर्म भएको स्पष्ट पारे ।

मानवसेवा आश्रमको अभियानमा मुख्यमन्त्री आफै सक्रिय रहेको स्मरण गर्दै उनले लुम्बिनी प्रदेशमा मानवसेवा आश्रमलाई कुनै समस्या नपर्ने बताए । आफ्नो गृह जिल्लामा आश्रम बन्न लागेकाले आफ्नो पनि दायित्व रहेको जनाउँदै उनले आश्रमको भवन निर्माणमा आफु पुरै सकारात्मक रहेको बताए ।

स्थानीय दानवीर जइकेस सिंहले मानव सेवा आश्रमका लागि दुई वर्ष अघि दान गरेको १० कठ्ठा जग्गामा आश्रम बन्न लागेको हो । सिंहले जयन्दु बाल सुधार गृहका लागि पनि चार विघा, १२ कठ्ठा जग्गा दान दिएका थिए ।

शिलान्यस कार्यक्रममा बोल्दै जग्गा दाता सिंहले दान दिएर आफूलाई पुण्य कमाएको महसुस भइरहेको बताए । उनले दानबाट आफुलाई खुसी मिलेको भन्दै सबैमा सहयोगको अपिल गरे ।

कार्यक्रममा आश्रमका अभिभावक विष्णु मैनाली, कृष्ण प्रसाद श्रेष्ठ, डुडुवा वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्रलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिलान्यास गरिएको अत्याधुनिक भवनमा सय बढीलाई आश्रय दिन सकिने आश्रमका केन्द्रीय महासचिव सुशिला केसी (रुपा) मानवसेवाले बताइन् । हाल नेपालगन्जको सुर्खेतरोडमा रहेको आश्रय स्थलमा ६० बढी सहयोगापेक्षीहरुले आश्रय लिइरहेका छन् । दाताहरुको सहयोग र आश्रमको बिभिन्न कार्यक्रमबाट आर्जन हुने सहयोग राशीबाट आश्रितहरुलाई नाना र खानामा कमी हुन नदिइएको महासचिव केसीले बताइन् । ।

मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत २०८२ मा देशभरबाट मानवमुक्त सडक घोषणा गरिनेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको