१३ भदौ २०८३, शनिबार | August 29, 2026

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन



सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु दुुई करोड ७६ लाख सङ्कलन भएको छ ।

हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो ।

रकम अभावका कारण दनुुवारीमा भवन अधुरै रहेको छ । भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यक पर्ने संयोजक थापा बताउँछन् । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट रु दुुई करोड ७६ लाख सङ्कलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले रु ५६ लाख सहयोग गरेको छ ।

जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ३८ बजे

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका