७ आश्विन २०८३, बुधबार | September 23, 2026

मानवसेवा आश्रमको बाँकेमा अत्याधुनिक सेवा आश्रम बन्ने



नेपालगन्ज । सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल बनेको मानवसेवा आश्रमले बाँकेमा आश्रितहरुका लागि आफ्नै भवन बनाउने भएको छ । मानव सेवा आश्रमले बाँकेको डुडुवा–६ असमानपुरमा पाँच करोडको लागतमा अत्याधुनिक दुई तले सेवा आश्रम भवन निर्माण गर्न लागेको हो । आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले भवनको विधिवत शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले मानवीय सहयोगार्थ निर्मित आश्रय भवन निर्माणमा प्रदेश सरकार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भवन निर्माण कार्य अघि बढाइए संगै दाताहरु पनि जुट्दै जाने विश्वास व्यक्त गरे । मानव सेवा आश्रमको सेवा कार्य उत्कृष्ट रहेको भन्दै उनले मानव सेवा नै उत्कृष्ठ धर्म भएको स्पष्ट पारे ।

मानवसेवा आश्रमको अभियानमा मुख्यमन्त्री आफै सक्रिय रहेको स्मरण गर्दै उनले लुम्बिनी प्रदेशमा मानवसेवा आश्रमलाई कुनै समस्या नपर्ने बताए । आफ्नो गृह जिल्लामा आश्रम बन्न लागेकाले आफ्नो पनि दायित्व रहेको जनाउँदै उनले आश्रमको भवन निर्माणमा आफु पुरै सकारात्मक रहेको बताए ।

स्थानीय दानवीर जइकेस सिंहले मानव सेवा आश्रमका लागि दुई वर्ष अघि दान गरेको १० कठ्ठा जग्गामा आश्रम बन्न लागेको हो । सिंहले जयन्दु बाल सुधार गृहका लागि पनि चार विघा, १२ कठ्ठा जग्गा दान दिएका थिए ।

शिलान्यस कार्यक्रममा बोल्दै जग्गा दाता सिंहले दान दिएर आफूलाई पुण्य कमाएको महसुस भइरहेको बताए । उनले दानबाट आफुलाई खुसी मिलेको भन्दै सबैमा सहयोगको अपिल गरे ।

कार्यक्रममा आश्रमका अभिभावक विष्णु मैनाली, कृष्ण प्रसाद श्रेष्ठ, डुडुवा वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्रलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिलान्यास गरिएको अत्याधुनिक भवनमा सय बढीलाई आश्रय दिन सकिने आश्रमका केन्द्रीय महासचिव सुशिला केसी (रुपा) मानवसेवाले बताइन् । हाल नेपालगन्जको सुर्खेतरोडमा रहेको आश्रय स्थलमा ६० बढी सहयोगापेक्षीहरुले आश्रय लिइरहेका छन् । दाताहरुको सहयोग र आश्रमको बिभिन्न कार्यक्रमबाट आर्जन हुने सहयोग राशीबाट आश्रितहरुलाई नाना र खानामा कमी हुन नदिइएको महासचिव केसीले बताइन् । ।

मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत २०८२ मा देशभरबाट मानवमुक्त सडक घोषणा गरिनेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज