४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमति बेगरै खाद्यान्न प्याकिङ



काठमाडौं । तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ।

नागार्जुन नगरपालिका-७ का खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिका-९ मा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिका-९ की कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुन-४ का मुकेश सिंहले सञ्चालन गरेको श्री गढिमाई प्याकेजिङ उद्योग गोदाममा बुधबार छापा मारिएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले तीन वटा गोदाममा छापा मारेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारिएको हो।

ती उद्योगले विभागबाट कुनै पनि अनमुति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएको, खाद्य सामग्री उपयुक्त तरिकाले भण्डारण नगरेको पाइएको छ।

ती गोदाममा चामल, चिउरा र पिठोका बोराहरू प्याकिङ गरी बाहिर बजारमा पठाइने गरिएको थियो।  तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको