१४ असार २०८३, आइतबार | June 28, 2026

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’



काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी राष्ट्रिय खेलकुद परिषद्ले गरेको पत्राचार असंवैधानिक भएको जनाएको छ । कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी कानुनले तोकेको कसुरबाहेक कुनै व्यक्तिलाई हिँडडुल गर्नै रोक्ने कार्य निरङ्कुश कदम भएको दाबी गरेको हो ।

गत फागुन ६ गते खेलकुद परिषद्ले निर्वाचित ओलम्पिक कमिटीका पदाधिकारी एवं सदस्यहरूलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी अध्यागमन कार्यालयलाई पत्राचार गरेको कमिटीको दाबी छ । सोही पत्राचारका आधारमा कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठलाई गत फागुन २६ गते कुवेत प्रस्थान गरिसकेपछि त्यहाँको अध्यागमनलाई डिपोर्ट गर्न आग्रह गरिएको कमिटीको आरोप छ ।

“यस्तो व्यवहार र हस्तक्षेप गर्ने कार्य नेपालको संविधान र कानुनविपरीत हो”, अध्यक्ष श्रेष्ठले भने, “संविधान र ओलम्पिक बडापत्र विरुद्धका यस्ता कदम तत्काल बन्द गर्न सरकारसमक्ष माग गर्दछौँ ।” उनले यसबाट नागरिकको हिँडडुल गर्न पाउने संवैधानिक अधिकार र मानवअधिकारलाई कुण्ठित गरेको बताए ।

कमिटीले खेदकुद परिषद्बाट भएको असंवैधानिक पत्राचार फिर्ता लिएर खेल क्षेत्रमा हस्तक्षेप बन्द गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : ४४ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक