१५ माघ २०८२, बिहिबार | January 29, 2026

भक्तपुर अस्पतालको अनुगमन



भक्तपुर । प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले अनुगमन गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालन बारे छड्के अनुगमन गरेका थिए ।

मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसीयू, सिटी स्क्यान जडान कक्ष, विभिन्न विभागका सेवाहरूको अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवा र सुविधाका बारेमा सोधपुछ गरेका थिए ।

अनुगमन पश्चात मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिए ।

उनले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएसँगै मेमोग्राम मेसिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नवीकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सेवासमेत सञ्चालन गरिने जानकारी दिए ।

स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घटुवा गरिने र पाँच वर्षका लागि भनेर दिएपनि १३ वर्षदेखि सञ्चालित मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न निर्देशन दिइन् । उनले भक्तपुर अस्पताल क्षेत्रभित्र साझा औषधी पसल ल्याउन रोक लगाउनुपर्ने बताइन् ।

यस्तै, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दुई वर्षदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अस्पताल विकास एवं व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सङ्ख्या चारबाट १० मा पुर्‍याउन मन्त्रालयलाई सहयोगको आग्रह गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालमा दैनिक एक हजारदेखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ७ : २३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला