२९ चैत्र २०८२, आइतबार | April 12, 2026

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार



काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् ।

अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो ।

मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठिक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।

नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् ।

नेइमारको चोटपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउमा रियल म्याड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रीकलाई टिममा बोलाएको छ । त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।

जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए ।

दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्राजिलले मार्च २१ मा घरेल मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४० बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज