१५ चैत्र २०८२, आइतबार | March 29, 2026

संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन् : अध्यक्ष दाहाल



पाटन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् ।

निर्भाणा माध्यमिक विद्यालयको ३९औँ अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक रहेको चर्चा गर्दै संसद्को चालु अधिवेशनबाटै ऐनहरु पारित हुने बताका हुन्।

“हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ, ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूत भएको छ”, उनले भने, “शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभामा छलफलकै क्रममा छ । यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”

अध्यक्ष दाहालले अहिले दुवै सदनमा निजामती विधेयक, प्रहरी समायोजनलगायतका विधेयक छलफलमा रहेको जानकारी गराए। “शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ, शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ”, उनले भने ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ५४ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक