११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्स बन्यो महिला प्रिमियर लिगको च्याम्पियन



काठमाडौं । तेस्रो सिजनको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईको ब्राबोर्न स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो । यस अघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो । जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो ।

महिला प्रिमियर लिगमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिम खेल्ने गर्दछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ५० बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई