१७ बैशाख २०८२, बुधबार | April 30, 2025

नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त



काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ
गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् ।

आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि पु(याएको योगदानको प्रशंसा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : १९ बजे

शिक्षक महासंघ र सरकारबीच सहमति, सहमतिको निर्णय भने मन्त्रिपरिषद बैठकपछि सार्वजनिक गरिने

काठमाडौँ । शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्रीबीच महासंघले उठाएको माग

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, कान्छाराम तामाङको स्थानमा खमबहादुर गर्बुजा राज्यमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन्

माधव नेपाल जम्बो टोली सहित बालुवाटारमा, संविधानको पुनरावलोकनका लागि सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको

यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)