१४ चैत्र २०८२, शनिबार | March 29, 2026

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएका छन् । २७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उनले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताए ।

“संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुङ्गोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।” जनताको सङ्घर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो प्रयासलाई परास्त गरिने बताए । “इतिहासमा सीमित भइसकेको राजतन्त्र पुनःस्थापना असम्भव छ”, उनले भने, “त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित हुँदैन ।”

वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले वामपन्थी एकताका निम्ति आफूले इमान्दार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए । प्रतिगामी कदम विरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेको १० वटा पुस्तक विमोचन गरेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : ५५ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको