१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीको एक परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिँदै गरेका शान्ति नमुनाका आशिष बानीया पक्राउ



बुटवल । रुपन्देहीको एउटा परीक्षा केन्द्रमा अर्केको नाममा परीक्षा दिन बसेका एकजना पक्राउ परेका छन् । बिहीबारदेखि सुरू भएको एसइई परीक्षा अन्तर्गत भैरहवास्थित श्री रूपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देहीको शान्ती नमुना माविमा अध्ययनरत विद्यार्थी आशिष बानियाँ रहेका छन् । बानियाँले भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी संजय चौधरीका लागि परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए ।

संजय चौधरीको नाममा अंग्रेजी विषयको ग्रेडवृद्धिको परीक्षा दिन गएका बानियाँलाई निरीक्षणको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। चौधरी भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी हुन्। प्रहरीका अनुसार उनको नाममा परीक्षा दिन आएका बानियाँ २०८० सालको एसइई परीक्षा उत्तीर्ण भई हाल कक्षा ११ मा तिलोत्तमास्थित शान्ति नमूना माविमा अध्ययन गरिरहेका छन् ।

पक्राउ परेका बानियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी राठौरले बताए । अन्य क्षेत्रमा भने बिहीबारको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ३८ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति