४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आजबाट



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दै छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।

सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप- प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६-२८ गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको