२२ माघ २०८२, बिहिबार | February 6, 2026

१८ औं संस्करणको आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) खेल्दैछन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ ।

जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।

त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।

यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिता हो ।

 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : २७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद