४ पुस २०८२, शुक्रबार | December 20, 2025

१८ औं संस्करणको आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) खेल्दैछन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ ।

जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।

त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।

यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिता हो ।

 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको