११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु



काठमाडौं । गत वर्ष मात्र करिब ९ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ। सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८ हजार ९३८ आप्रवासी मृत्युहरू रेकर्ड गरेको जनाएको छ । धेरै मृत्युहरू रिपोर्ट नगरिएका वा कागजात नभएकाले वास्तविक मृत्युको संख्या धेरै बढी हुनसक्ने उसले विज्ञप्तिमार्फत जनाएको छ ।

‘मृत्युको बृद्धि आफैमा भयानक छ, तर प्रत्येक वर्ष हजारौंको पहिचान हुन नसकेको तथ्य अझ दुःखद छ,’ आईओएमको हराएको आप्रवासी परियोजनाका संयोजक जुलिया ब्ल्याकले विज्ञप्तिमा भनेकी छिन् ।

आईओएमका अपरेसनका लागि उपमहानिर्देशक, उगोची डेनियलले भने, ‘विश्वका धेरै क्षेत्रहरूमा मृत्युको वृद्धिले हामीलाई अन्तर्राष्ट्रिय समग्र प्रतिक्रिया किन चाहिन्छ भनेर देखाउँछ, जसले थप दुखद जीवनको क्षतिलाई रोक्न सक्छ।’

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : २५ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई