११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा दूतावासमा झण्डोत्तोलन



काठमाडौं । आफ्नो राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले झण्डोत्तोलन गरेको छ ।

८५औँ राष्ट्रिय दिवसको अवसरमा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डा फहराए । त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो ।

सन्देशमा राष्ट्रपति आसिफ अली जरदारीले राष्ट्रबासीलाई बधाई दिँदै देशका संस्थापक पिता र पाकिस्तान आन्दोलनका शहीदहरुको बलिदानलाई सधैं सम्मान गर्ने बताए। उनले पाकिस्तान शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व र बलियो वैश्विक सम्बन्ध चाहने जनाउँदै आफ्नो सार्वभौमसत्ताको डटेर रक्षा र्ने बताए । उनले जम्मुकश्मीर र प्यालेस्टाइनका जनताको आत्मनिर्णयको लडाइँमा उनीहरूसँगै साथ रहेको पनि सन्देशमा उल्लेख गरे।

उनले एकता, विश्वास र अनुशासनका सिद्धान्तहरू पालना गरेर राष्ट्रिय सुरक्षालाई बलियो बनाउन, अर्थतन्त्रलाई उकास्न, कृषिलाई प्रगति गर्न, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र युवाहरूका लागि अवसरहरू सिर्जना गर्न सक्ने जनाए।

यसैगरी प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले आफ्नो सन्देशमा मार्च २३ दक्षिण एसियाको इतिहासमा एक निर्णायक क्षण रहेको जनाए। दक्षिण एशियकाका मुस्लिमहरू सम्मान र स्वतन्त्रताका साथ बाँच्न सकून् भन्दै ८५ वर्षअघि कायदे आजम मुहम्मद अली जिन्नाहको दूरदर्शी नेतृत्वमा उपमहाद्वीपका मुस्लिमहरूले एक स्वतन्त्र मातृभूमि सिर्जना गर्न एकजुट भएको उनले स्मरण गरे।

यसैगरी विदेशमन्त्री मोहम्मद इशाक डारले आफ्नो सन्देशमा विदेशमा बस्ने पाकिस्तानीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो र उनीहरूको देशभक्ति, समर्पण र कडा परिश्रमको प्रशंसा गरे ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले आफ्नो सम्बोधनका क्रममा नेपालमा बस्ने पाकिस्तानी नागरिक र कर्मचारीहरूलाई बधाई दिए । त्यस अवसरमा उनले पाकिस्तानी नागरिकलाई पाकिस्तान–नेपाल मित्रतालाई उचाइमा पुर्‍याउन जुनसुकै तरिकाले योगदान गर्न पनि आह्वान गरे ।

सन् १९४० भएको लाहोर संकल्पका आधारमा सन् १९४७ मा पाकिस्तान देश बन्न सफल भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : ५० बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई