४ पुस २०८२, शुक्रबार | December 19, 2025

२३ औं तिलोत्तमा गोल्डकप : ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा



बुटवल । रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तगत दोस्रो क्वाटरफाईनल खेलमा ए डिभिजन विजेता चर्च ब्याईज युनाईटेड विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । विभागिय टिम नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो ।

यो सिजनमा विभिन्न ४ वटा प्रतियोगिताको उपाधि विजेता चर्चले तिलोत्तमा गोल्डकपमा दाबेदारी समेत पेश गरेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निक्कै प्रतिस्प्रात्मक खेलमा शुरुवाट नै चर्च हाबी बन्यो । पहिलो हाफमा पाएको धेरै अवसर गुमाएको चर्च गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको पुलिसबाट पनि गोलका अवसर गुम्यो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल ट्राईबेकरमा धकेलियो ।

ट्राईबेकरमा चर्चका अमन लामा, चेतन चौधरी, अरमान बिउडियम र प्रवेश कुवरको प्रहार गोलमा परिणत भयो । आकाश राई र सर्जजो डिकोको प्रहार रोकीदिए ।

यता नेपाल प्रहरी क्लबका प्रज्वल चौधरी, गोलकिपर अमित टमाटा, अरुण गाहाले गोल गरे । मान बहादुर परियार बाहिरियो । ओसेन्द्र कटुवाल र विवेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो ।

खेलमा चर्च ब्याईजका अमन लामा म्यान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार प्रतियोगिताको तेस्रो खेलमा संकटा एफसी र जर्जियन एफसी भारतका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको