१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा



बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा एफसी अन्तिम चारमा स्थान बनाएको छ। सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा स्थान बनाएको हो ।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको रोमान्चक खेलको संकटाको जितमा सृजनराज गौतम नायक रहे ।

उनले खेलको ४० मिनेटमा गोल गरे । डि बक्स नजिक निर्मल घिसिङको पासमा सृजनराज गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै सेकेन्ड बारबाट जाली चुमाए ।

पहिलो हाफ १ गोलको अग्रता लिएको संकटा दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो। खेलको ८६ औं मिनेटमा सृजनराज गौतमले गोल थपे । वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ईन्जुरी समयमा गौतमले थप दुई गोल गर्दै आफ्नो ह्यट्रिक पुरा गरे । मंगलबार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबका बिचमा अन्तिम क्वाटरफाईनल खेल हुनेछ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ४८ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको