४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम



नेपालगन्ज । नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम आजबाट सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँकेलगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम चल्ने आयोजकले जनाएको छ । उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक कृष्ण बहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल, लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बालअधिकारकर्मी साहिल अन्सारीले प्रशिक्षण दिएका छन् ।

युवाको हातमा नेतृत्व, समृद्ध नेपालको सुनिश्चितता भन्ने मुल नाराका साथ सुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल नेपालगन्जका अध्यक्ष आनन्द कुमार बर्माले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिकाका ४० बढि युवाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको