२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते



गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको बाप्र०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज राति करिब ८ः०० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सात जनाको मृत्यु भएकामा तीमध्ये पाँच पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनले माइक्रोबसमा सवार १५ जनामध्ये सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताए ।

घाइते सबैको उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पतालमा पठाइएको छ । वडा नं ३ का अध्यक्ष दीपक पाण्डेका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : २९ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र