१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

एएफसी एसिएन कप छनोट : नेपालले आज मलेसियासंग खेल्दै



काठमाडौं । एएफसी एसिएन कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १-० गोलले हराएको थियो ।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए ।

खेलअघि सोमबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए ।

‘‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ । बराबरीले पनि नेपालका लागि सन्तुष्ट हुने ठाउँछ । तर हामी राम्रो योजनासहित जितका लागि प्रस्तुत हुनेछौँ,’’ रोसले भने ।

यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताए । सिङ्गापुरमा धेरै नेपाली समर्थकको साथ पाएको नेपालले मलेसियामा पनि सोही अपेक्षा गरेको किरणको भनाइ थियो । मलेसियाको खेल ब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

फिफा वरीयातमा मलेसिया एक सय ३२ औँ र नेपाल एक सय ७५ औँ स्थानमा छ । नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ । जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो । नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २-० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : २८ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र