१३ बैशाख २०८२, शनिबार | April 26, 2025

एएफसी एसिएन कप छनोट : नेपालले आज मलेसियासंग खेल्दै



काठमाडौं । एएफसी एसिएन कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १-० गोलले हराएको थियो ।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए ।

खेलअघि सोमबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए ।

‘‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ । बराबरीले पनि नेपालका लागि सन्तुष्ट हुने ठाउँछ । तर हामी राम्रो योजनासहित जितका लागि प्रस्तुत हुनेछौँ,’’ रोसले भने ।

यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताए । सिङ्गापुरमा धेरै नेपाली समर्थकको साथ पाएको नेपालले मलेसियामा पनि सोही अपेक्षा गरेको किरणको भनाइ थियो । मलेसियाको खेल ब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

फिफा वरीयातमा मलेसिया एक सय ३२ औँ र नेपाल एक सय ७५ औँ स्थानमा छ । नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ । जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो । नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २-० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : २८ बजे

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

एपिएफ क्लव बन्यो लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास बित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले