२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द



बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९र८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योग बन्द भएका छन् । यस अवधिमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९र८० मा एक सय १७ उद्योत तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।

त्यस वर्ष दुई सय २८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ एक सय ३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा उक सय ५५ उद्योग व्यवसाय बन्द भएका छन् ।

उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उनले जानकारी दिए । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरि एक सय ४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ । चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरि ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरि ७२ व्यवसाय दर्ता भएको प्रमुख थापा बताउँछन् ।

व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको सङ्ख्या बढी रहेको उनको भनाइ छ । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले कोभिड–१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताए । दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायीपलायन भएको उनको भनाइ छ । मुलुकमा राजनीतिक अस्थितरता र राज्यको कर नीतिका कारण पनि व्यवसायी निराश भएर व्यवपार व्यवसाय बन्द गर्न बाध्य भएको कँडेल बताउँछन् ।

अध्यक्ष कँडेलले भने, “दिनदिनै बागलुङमा व्यवसाय बन्द हुँदै गएका छन्, व्यवसाय बन्द हुने पहिलो कारण त कोभिड–१९ नै हो, आर्थिक मन्दि भयो, त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्‍यो, यहाँका धेरै व्यवसायीले सामान लिलाम गरेर विदेश गए, अब राज्यले व्यवसायीमुखी नीति र कार्यक्रम ल्याउन नसके अझै धेरै उद्योग व्यवसाय बन्द हुने देखिन्छ ।”

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : ०८ बजे

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला